“अष्ट्रेलियामा रहुन्जेलसम्म राम्ररी कमाउनु र नेपाल नै फर्कनु”

0
32

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको उत्साह “केक टु नेपाल”एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले भरतपुर -१२ हाम्रोटोल घर हुनु भएको दिनेश के शीसंग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मेरो छोरीले पठाईदिएकी हुन्।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
आफ्नो घरपरिवार देखि धेरै टाढा भएर पनि परिवार भनेर सम्झेर पठाउदा खुसी लाग्छ।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
मेरो छोरी अष्ट्रेलिया गएकी ८ वर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
अष्ट्रेलियाको मेलवर्नमा बस्छिन्।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
आफ्नो करियर राम्रो बनाउछु भन्ने उदेश्यले घरबाट टाढा भएर पनि राम्रो गरिरहेकी छिन्। यसरी राम्रो गर्दागर्दै हामीलाई खुसी नलाग्ने त कुरा भएन।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
आफ्नो छोराछोरीको सम्झना त आइहाल्छ नि। अझ दशैँतिहार जस्तो ठुलो चाडपर्वहरुमा संगै बसेर रमाइलो गर्दै मनाउंन नपाउदा धेरै न्यास्रो लाग्छ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
मलाई त नेपाल नै फर्किए हुन्थ्यो जस्तो लाग्छ। हो, पढ्नको लागि या काम गर्नको लागि जानुपर्ला तर पछि उतै गएर बस्ने काम चाहिँ मलाई मन पर्दैन। त्यहाँ बसुन्जेलसम्म राम्ररी पढ्ने,नँया नँया कामहरु सिक्ने र खाली समयको पनि सहि ठाँउमा सदूपयोग गर्ने गर्नुपर्दछ। यसरी निरन्तर रुपमा आफ्नो काममा लागि पर्यो भने धेरै कुराहरु सिकिन्छ र पछि नेपाल आएर सिकेका कामहरुलाई प्रयोगमा ल्याउने गर्नुपर्दछ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
म अष्ट्रेलिया अहिलेसम्म गएको छैन।

अष्ट्रेलियाको के कुरा राम्रो लाग्यो ?
मलाई सबै कुरा राम्रो लाग्छ, पढाई देखि लिएर काम गर्ने वातावरण र त्यहाको नीतिनियमहरु।

अष्ट्रेलियाको के कुरा नराम्रो लाग्यो ?
केहि छैन।

अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ? केका लागि अष्ट्रेलियामा जान चाहनुहुन्छ ? ( पढ्न/ घुम्न/ काम गर्न)
अष्ट्रेलिया जाने सोचमा छु। यदि गएभने घुम्नको लागि जान्छु।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
मेरो विचारमा उतै बस्नको लागि राम्रो छैन जस्तो लाग्छ। यस्तो देशहरुमा पढाईलाई पुरा गर्न जाने हो। केहि नँया कामहरु सिक्न वा गर्न जानी हो। त्यहाँ हुन्जेलसम्म परिवारलाई सम्झिएर काम गर्ने, पढ्ने र समयको दुरुपयोग नगर्ने हो भने हामीले सहि ठाउँमा राम्रो फल प्राप्त गर्न सक्छौ। त्यसकारण कुनै निस्चित बिन्दुमा पुग्न गाह्रो हो त्यसपछि त हामी आफैलाई सेटल गर्न सक्छौ। त्यसैले मलाई नेपालमै फर्किएर केहि गरेको राम्रो लाग्छ।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
अष्ट्रेलियामा राम्ररी कमाउनु र नेपाल नै फर्कनु भन्न चाहन्छु।