“अष्ट्रेलियाको जिन्दगी रमाइलो छ, तर यहाँको नेपाली समुदाय मलाई मन पर्दैन”

0
336

अष्ट्रेलिया आएका नेपाली युवाहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले ‘स्टुडेन्ट टक ‘शुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको ग्रानभिलमा बसोवास गरिरहनुभएका सजिना थापासंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो ? अष्ट्रेलिया कहिले आउनुभएको हो ?
मेरो घर गोर्खा हो। म अष्ट्रेलिया गएको २०१८ हो।

अष्ट्रेलियाको भिसाका लागि कत्तिको सहज भएको थियो ?
सबै कुरा मिलेको भएर होला सजिलो नै भयो।

नेपालमा कुन लेभलको पढाइ सकेर आउनुभएको हो ?
नेपालमा +२ सम्मको पढाई सकेर अष्ट्रेलिया आएको हो।

अष्ट्रेलियामा हाल के गर्दै हुनुहुन्छ ? त्यस बाहेक के-के कुरामा रुची राख्नुहुन्छ ?
अष्ट्रेलियामा म पढ्दै र काम गर्दै छु। म पढाई बाहेक गाउन,नाच्न सबै गर्न मन पर्छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
मैले यस्तो नै हुन्छ भनेर त सोचेको थिएन। थाहा थियो अष्ट्रेलियामा कोहि नि छैन दु:ख हुन्छ भनेर। यहाँ आएर आफुलाई धेरै जागरिलो बनाए। त्यहि भएर पनि होला मलाई त खासै केहि फरक लागेन।

काम पाउन कत्तिको गाह्रो भयो ?
सुरुमा कस्टुमर सर्भिसबाट काम सुरु गरेको भएर मलाई त खासै गाह्रो भएन।

अष्ट्रेलियामा बस्दाका सकारात्मक कुराहरु के-के हुन् ?
मलाई अष्ट्रेलियामा आएर आत्मनिर्भर बन्न सिकायो। हरेक कुरालाई सकारात्मक रुपले लिने हो भने सबै कुरा राम्रो हुन्छ र जिन्दगी पनि रमाइलो हुन्छ।

अष्ट्रेलियामा बस्दाका नकारात्मक कुराहरु के-के हुन् ?
केहि छैन।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ?
मलाई यहाँको नेपाली समुदाय मन पर्दैन त्यहि भएर मलाई चासो लाग्दैन।

नेपाली समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
केहि छैन,जे गरिरहेको छ राम्रो गरिराख्नु भन्न चाहन्छु।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ?
परिवारबाट टाढा भएपछि सम्झना त अवस्य आँउछ। मेरो लागि सबै भन्दा ठुलो कुरा घरपरिवार हो भन्ने कुरा विदेश आउनेलाई मात्र थाहा हुन्छ। केहि हद सम्मको तिर्सना मेटाउनको लागि अझ आजभोलि इन्टरनेटको विकाश भएको छ। यसको माध्यमबाट पनि नजिकैको आभास बनाउँछ,तर चाडपर्वमा चाहिँ धेरै आँउछ।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ?
सबै भन्दा पहिला त आफैमा आत्मनिर्भर हुन् सिकायो। जस्तोसुकै परिस्तिथी आइपरे पनि त्यसको समाधान गर्न सक्ने आत्मबलको विकाश गरायो। आफ्नो खुट्टामा उभिनको लागि आफै मेहनत गर्नुपर्छ जस्ता कुराहरु सिक्ने अवसर पाए।

अष्ट्रेलिया आउन चाहने नयाँ विद्यार्थीलाई के सुझाव दिन चाहनुहुन्छ ?
यहाँ आएर केहि गर्छु भन्ने सोचमा हुनुहुन्छ भने आउनुस्। जुन उद्देश्यले आउनु भएको हो त्यसलाई निरन्तर रुपमा काम गर्नुस्। नँया ठाउँ भनेर निरास हुने होइन बरु जस्तो समस्या आइपरे पनि म त्यसलाई समाधान गर्न सक्छु भनेर अगाडी बढ्नु पर्छ। यसो गर्दामा आफैले आफैलाई सुधार गर्ने मौका पाउनु हुन्छ। अष्ट्रेलिया आएभन्दैमा आफ्नो देशलाई भुल्नु भएन र खाली भएको समयमा आफ्नो परिवार संग समय बिताउनु होला भन्न चाहन्छु।

अष्ट्रेलिया आउन चाहने विद्यार्थीका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
मेरो छोराछोरी अष्ट्रेलिया छ भनेर सबै आशाहरु उनीहरु प्रति नराख्दिनु होला भन्न चाहन्छु।अष्ट्रेलिया छ भन्दैमा सबै राम्रो ठाउँमा र सबैको भविष्य राम्रो हुन्छ भन्ने हुँदैन। त्यहि भएर उनीहरुलाई सान्त्वना दिइ राख्नु होला।