“अष्ट्रेलिया गइयो भन्दैमा ठुलो नबन्नु, देशको माया नमार्नु “

0
229

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको उत्साह “केक टु नेपाल”एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले भरतपुर -१२ कार्कीटोल घर हुनु भएको किरण कुँवरसंग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मेरो बुढीले पठाईदिएकी हुन्।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
बेलाबेलामा त पठाईदिई राख्थिन, अहिले छोराको जन्मदिनको लागि पठाईदिएकी हुँदा खुसीको सीमा नै छैन।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उनि अष्ट्रेलिया गएकी ३ वर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
उनि अष्ट्रेलियाको एडिलेडमा बस्छिन।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
आफ्नो पढाईलाई पुरा गर्न गएकी छिन्। साथसाथै आफ्नो र परिवारको भविष्य सम्झिएर परिवारलाई खुसी राख्नकै लागि उता मेहनत गरेकी छिन्, त्यहि भएर म त धेरै खुसी छु।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
धेरै आउँछ नि। त्यहि भएर दशैं तिहारमा पनि हामीले मोबाइलबाट नै एकअर्कालाई टिका लगाईदिने गर्छौ। यसरी नै खुसी साटासाट गर्छौ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
मलाई त नेपालमै आएर केहि गर्दा ठिक लाग्छ। हो, नेपालमा भने जस्तो काम पनि पाउन सक्दैन तर कामको लागि होस् या पढ्नको लागि होस्। बाहिर गएपनि पढाईलाई पुरा गर्नुको साथ साथै केहि कामहरु सिक्ने र नेपालमा आएर त्यसलाई प्रयोगमा ल्याउने जस्ता कामहरु गर्दा, आफ्नो देशको विकाश पनि अघि बढ्ने गर्छ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
नाई गएको छैन।

अष्ट्रेलियाको के कुरा राम्रो लाग्यो ?
अष्ट्रेलियामा गएर बेरोजगार बस्नु नपर्ने,सानोतिनो जस्तो काम भएपनि पाउने कुरा चाहिँ राम्रो लाग्छ।

अष्ट्रेलियाको के कुरा नराम्रो लाग्यो ?
मेरो लागि नराम्रो भन्ने केहि छैन।

अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ? केका लागि अष्ट्रेलियामा जान चाहनुहुन्छ ? (पढ्न/ घुम्न/ काम गर्न)
अष्ट्रेलिया जाने सोचमा छु। घुम्न र काम गर्नको लागि म अष्ट्रेलिया जान चाहन्छु।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
यस्ता देशहरुमा काम गर्न वा पढ्न कै लागि गएपनि पहिला पढाई सक्ने अनि राम्ररी काम गरेर टन्न पैसा कमाउने गर्नु पर्छ। यस्ता देशहरुमा गएर सेटल हुनुमा मलाई मन पर्दैन। किनकी जे गर्नु छ आफ्नै गाँउठाउँमा गर्यो भने राम्रो हुन्छ जस्तो मलाई लाग्छ। शिक्षित र राम्रो व्यक्तिहरु आफ्नो देश भन्दा बाहिर रहेपछि देश विकाशमा पछि परिन्छ। जुन देशमा गए पनि पछि नेपाल आएर आफ्नै गाँउघरको विकाश गर्नुमा मलाई राम्रो लाग्छ।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
अष्ट्रेलिया गयो भन्दैमा ठुलो मान्छे नबन्नु,माया नमार्नु भन्न चाहन्छु।