“घरपरिवार नै बिर्सेर विदेशमा सेटल हुन खोज्नु स्वार्थीपन हो, सिप सिकेर नेपाल फर्केर आउनु धेरै राम्रो”

0
180

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल” एउटा सजिलो र भरपर्दो माध्यम बन्दै आइरहेको छ। अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउँदा नेपालमा रहनु भएको आफन्तलाई कस्तो महसुस हुन्छ? अष्ट्रेलियामा भएका आफन्तका बारेमा उहाँहरुको धारणा कस्तो छ? जस्ता विषयमा हिमालयन कंगारूले केक टु नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरु संग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले भत्तपुर घर हुनु भएको रिया कार्कीसंग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो?
मलाई मेरो प्यारो दाइले पठाईदिनु भएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो?
मेरो दाइले सरप्राइज पठाइदिनु भएको थियो एक्कासी पाउदा यति धेरै खुसी लाग्यो कि खुसीको कुनै सिमानै भएन।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो?
मेरो दाइ अष्ट्रेलिया जानु भएको १ वर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ?
अहिले दाइ सिड्नीमा बस्नु हुन्छ।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ?
मेरो दाइ आफ्नो करियर बनाउनको लागि हामी सबै परिवार देखि टाढा जानु भएको छ। उँहाको खुसीको लागि हामी सबै परिवार पनि खुसी छौं। आफ्नो लागि पठाई साथै काम गर्ने अठोट राखेर, आफ्नो परिवारको जिम्मेवारी बोकेर अर्काको देशमा जानु भएको छ दाइ हामीलाई खुसी नलाग्ने त कुरै भएन नि! हैन र।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ?
बुवा आमा पछिको दाइ, परिवारको सदस्य घरमा नहुदा चाडपर्वहरुमा मात्र नभई अरु समयमा पनि धेरै सम्झना आउने गर्छ। तिहारमा अल्लि बढी दाइको महसुश हुने गर्छ। अरुको दाजु बहिनि रमाएको देख्दा मेरो पनि दाइ साथमै हुनुभएको भए कति रमाइलो हुन्थ्यो होला भन्ने त लाग्छ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ?
हामीलाई त अब नेपालमै आएर हामी सबै परिवार संग संगै बसेको रमाएको राम्रो लाग्छ नि, त्यस्तो भनेर पनि भएन फेरी दाइको भविष्यको लागि पनि सोच्नु पर्छ। पढाई सकेर केहि सिप सिकेर नेपालमै गएर केहि गर्न सक्छु भन्ने भएर आएको राम्रो।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ?
गएको छैन।

अष्ट्रेलियाको के कुरा राम्रो लाग्यो?
त्यहाँको सरकारले दिइने सुविधा अनि विकशित देश अष्ट्रेलिया घुम्ने ठाउंहरु पनि त्यतिकै राम्रा छन्।

अष्ट्रेलियाको के कुरा नराम्रो लाग्यो?
मैले सुने र फोटोमा देखे अनुसार केहि नराम्रो लागेन।

अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ? केका लागि अष्ट्रेलियामा जान चाहनुहुन्छ? (पढ्न/ घुम्न/ काम गर्न)
अहिले सोच त छैन, दाइ उतै हुनुहुन्छ त्यस्तो कुनै अवसर मिल्यो भने पढ्न जान्छु।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ?
मलाई खासै राम्रो लाग्दैन। आफ्नो घर परिवार बुवा आमा छोडेर आफ्नो करियर बनाउन जाने अनि त्यहिको वातावरण राम्रो लगेर घर परिवार नै बिर्सेर उतै सेटल हुन खोज्नु त्यो स्वार्थी पन हो। आफ्नो लागि पढाई सकेर केहि सिप सिकेर नेपालमै आएर गर्दा पनि हुन्छ। नेपाली युवाहरु सबै विदेशमा गएर उतै सेटल भए पछि आफ्नो देश घर परिवार कसले ख्याल गर्छ, त्यसैले पनि फर्किएर आउनु आफ्नै मातृभुमिमा भन्न चाहन्छु।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि?
आफ्नो ख्याल राख्नु धेरै सम्झना भन्न चाहन्छु।