अष्ट्रेलियाको न्यू साउथ वेल्समा थप २ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि

0
25

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा थप २ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा न्यू साउथ वेल्समा ८० हजार ४ सय २ जनामा कोरोना परिक्षण गरिएको थियो। सोही अवधिमा थप ३ जना संक्रमितले ज्यान गुमाएका छन्।

न्यू साउथ वेल्समा हाल १ सय ९९ जना संक्रमित अस्पतालमा उपचाररत छन्। ती मध्ये २९ जनाको आइसीयुमा उपचार भइरहेको छ।