अष्ट्रेलियाको भिक्टोरियामा थपिए १ हजार ७ जना नयाँ संक्रमित, थप १२ जनाको मृत्यु

0
363

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका १ हजार ७ जना नयाँ संक्रमित थपिएका छन्। बिहीबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा ७२ हजार २ सय ७० जनामा कोरोना परिक्षण गरिएको थियो। सोही अवधिमा थप १२ जना संक्रमितले ज्यान गुमाएका छन्।

भिक्टोरियामा हाल १३ हजार ८ सय १४ जना सक्रिय संक्रमित रहेका छन्। ती मध्ये ३ सय ३७ जनाको अस्पतालमा उपचार भइरहेको छ।