अष्ट्रेलियाको न्यू साउथ वेल्समा थप २ सय १२ जनामा कोरोना संक्रमण पुष्टि

0
41

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा थप २ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मंगलबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा न्यू साउथ वेल्समा ६७ हजार ८ सय ९३ जनामा कोरोना परिक्षण गरिएको थियो। सो अवधिमा थप दुई संक्रमितले ज्यान गुमाएका छन्।

न्यू साउथ वेल्समा हाल २ सय १० जना संक्रमित अस्पतालमा उपचाररत छन्। ती मध्ये ३२ जनाको आइसीयुमा उपचार भइरहेको छ।