अष्ट्रेलियाको भिक्टोरियामा थप ८ संक्रमितको मृत्यु

0
351

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका ७ सय ९७ जना नयाँ संक्रमित थपिएका छन्। मंगलबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा ५३ हजार ५ सय २७ जनामा कोरोना परिक्षण गरिएको थियो।

सो अवधिमा ८ जना संक्रमितले ज्यान गुमाएका छन्। त्यसैगरी, भिक्टोरियामा हाल १४ हजार १ सय ३१ सक्रिय संक्रमित रहेका छन्। ती मध्ये ३ सय ९४ जना अस्पतालमा उपचाररत छन्।