अष्ट्रेलियामा नेपाली विद्यार्थीको निधन, शव नेपाल पठाउन सहयोग अभियान

0
434

मेलबर्न। अष्ट्रेलियामा एक नेपाली विद्यार्थीको निधन भएको छ। अष्ट्रेलियाको मेलबर्नमा बस्दै आएका १९ वर्षीय क्रेमन राज मिश्रको निधन भएको हो।

मकवानपुर घर भएका क्रेमन एक वर्ष अघि मात्र अष्ट्रेलिया आएको एनआरएनए अष्ट्रेलियाले जनाएको छ। एनआरएनए अष्ट्रेलियाले हँसिलो स्वभावका, सपना बोकेका नेपाली विद्यार्थी क्रेमनको निधनप्रति दु:ख व्यक्त गर्दै उनको शव नेपाल पठाउनका लागि सहयोग गर्न अभियान संचालन गरेको छ।

एनआरएनए अष्ट्रेलियाका अनुसार, क्रेमनको शव नेपाल पठाउनका लागि ८ हजार डलर लाग्ने अनुमान गरिएको छ। यसका लागि सहयोग गर्न चाहने व्यक्तिले गो फण्ड मी या एनआरएनए अष्ट्रेलियाको हेल्प डेस्क अकाउण्ट मार्फत सहयोग गर्न सक्नेछन्।

BSB: 032006           Account: 493201

https://www.gofundme.com/f/young-repatriate-late-craman-raj-mishra