“अष्ट्रेलिया होस् या अरु देश, आफ्नो करियर बनिरहेको हुन्छ भने परिवार सहित उतै सेटल भएको राम्रो”

0
243

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको उत्साह “केक टु नेपाल”एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले नुवाकोट घर हुनु भएकी रमिला नेपालीसंग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो?
मेरो कान्छो दाईले पठाईदिनुभएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो?
खुसी लाग्यो, मलाई मेरो दाईले अष्ट्रेलिया भएर पनि सम्झेर सरप्राइज गिफ्ट पठाईदिनुभएको रहेछ।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो? उहाँअष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ?
दाई अष्ट्रेलिया जानुभएको ३ वर्ष भईसक्यो। मेलबर्न बस्नु हुन्छ।

अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ?
दाई खुसी हुनुहुन्छ त्यसैले पनि मलाई धेरै खुसी लाग्छ। जे भएपनि आफ्नो भविष्यको लागि जानु भएको छ, हामीले केही
भन्ने कुरा पनि हुदैन। दाईको खुसी नै मेरो खुसी हो।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ?
धेरै आउँछ। अझ भाईटिका अनि रक्षा बन्धनहरु जस्तो चाडमा झन धेरै याद आउँछ। जे जस्तो भए पनि टाढा हुनुहुन्छ, दाई
भएपनि साथी जस्तै हुनुहुन्थ्यो।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ?
यो त भन्नै सक्दिन, अब आफ्नो दाई नजिक भएको भए राम्रो लाग्छ तर उतै सेटल भएको झन् राम्रो हुन्छ। यता नेपालमा भएर पनि के गर्नु र आफुले पढेको अनुसार यहाँ जागिर पाउन गाह्रो हुन्छ। उता अष्ट्रेलियामा काम पनि सानो ठुलो भन्ने हुदैन,जस्तो कामको पनि इज्जत हुन्छ,काम गरेको अनुसार पैसा पनि पाउछन्।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ? अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ? केका लागि अष्ट्रेलियामा जान चाहनुहुन्छ? (पढ्न/
घुम्न/ काम गर्न)
नाई गएको छैन, गएपछि थाहा हुन्छ। पछिको अहिल्यै भन्न नसिके रहेछ जाने कि नाई भन्ने कुरा।

तपाईंलाई अष्ट्रेलियाको के कुरा राम्रो र के नराम्रो लाग्छ?
राम्रो लाग्छ। त्यहाँ नेपालमा जस्तो मान्छेहरु बेरोजगार बस्नु पर्दैन। त्यहाँ घुम्नको लागि राम्रो र सफा ठाउँ छ, अष्ट्रेलियाको पढाई पनि राम्रो छ।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ?
नेपालमा भन्दा उतै सेटल भएको राम्रो हो। आफ्नो करियर बनिरहेको छ,आफ्नो बच्चाहरु पनि लिएर गएको राम्रो ।
बच्चाहरुलाई आफ्नो साथमा लिएर गएपछि उनिहरुले राम्रो कुरा सिक्न पाउछन्। आफ्नो परिवार साथमा भएपछी जस्तो
सानो कुरामा पनि खुसी भेटिन्छ।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केहि संदेश दिन चाहनुहुन्छ कि?
धेरै माया अनि याद भन्न चाहन्छु ।