अष्ट्रेलियाको न्यू साउथ वेल्समा थप १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि

0
108

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा थप १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार बिहानको अपडेट अनुसार, न्यू साउथ वेल्समा ५७ हजार ८ सय ७८ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये समुदाय स्तरमा १ सय ९५ जना र १ जना अन्तर्राष्ट्रिय यात्रीमा संक्रमण पुष्टि भएको हो।

न्यू साउथ वेल्समा सो अवधिमा थप एक जना संक्रमितले ज्यान गुमाएका छन्।

त्यसैगरी २ सय २४ जना अस्पतालमा उपचाररत छन्। ती मध्ये ३२ जनाको आइसीयुमा उपचार भइरहेको छ।