“अष्ट्रेलियामा आफ्ना मान्छे छन् भन्दैमा भरमा परेर नआउनु, आफ्ना लागि आफैले संघर्ष गर्नुपर्छ”

0
271

अष्ट्रेलिया आएका नेपाली युवाहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले ‘स्टुडेन्ट टक ‘शुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अस्ट्रेलियाको सिड्नीमा बसोवास गरिरहनुभएका निश्चल भट्टसंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो? अष्ट्रेलिया कहिले आउनुभएको हो?
चितवन, भरतपुर टाँडी हो। २०१६ मा अष्ट्रेलिया आएको हो।

अष्ट्रेलियाको भिसाका लागि कत्तिको सहज भएको थियो?
मलाई सजिलै भएको थियो प्रोसेस गरेको केहि समयमै भिसा लागेको थियो।

तपाईंको अनुभवमा अष्ट्रेलियामा पढ्न जाँदा कलेज कि युनिभर्सिटी रोज्नु राम्रो?
त्यो आ-आफ्नो सोच हो अनि आफुले पढ्ने विषयमा पनि भर पर्छ। अष्ट्रेलियामा मलाई ठिक लागेर मैले कलेज रोजेको थिए।

अष्ट्रेलियामा हाल के गर्दै हुनुहुन्छ?
म अहिले पढाई साथै काम पनि गरेको छु।

नेपालमा कुन लेभलको पढाइ सकेर आउनुभएको हो?
नेपालमा +२ सकेर ब्याजलर पढ्नको लागि अष्ट्रेलिया आएको हो।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइ कस्तो छ? करियर निर्माणका लागि कत्तिको सहज छ?
राम्रो छ धेरै कुराको बारेमा थाहा हुन्छ। आफ्नो करियर बनाउनको लागि अष्ट्रेलिया आएर पढेर पछुताउन पर्दैन भन्छु म त।

पढाइ बाहेक के-के कुरामा रुची राख्नुहुन्छ?
घुम्न, फिलिम हेर्न, गित हल्का गाउने सुन्ने मन पर्छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो?
मैले सोचेको भन्दा खासै फरक पाइन अष्ट्रेलिया, नसोचेको कुराहरु भयो होला जस्तै; संघर्ष गर्ने जस्ता कुराहरु।

काम पाउन कत्तिको गाह्रो भयो? सुरुमा कसरी काम पाउनुभएको थियो?
मलाई काम पाउन खासै गाह्रो भएन किनकि मेरो चिनजानको मान्छे हुनुहुन्थ्यो उहाँहरुको साथ र सहयोगले धेरै सजिलो भयो।

अष्ट्रेलियामा बस्दाका सकारात्मक कुराहरु के-के हुन्?
यहाँको धेरै जसो पक्ष राम्रो नै छ समयको महत्त्व थाहा हुन्छ आत्मानिर्भर बन्न सकिन्छ।

अष्ट्रेलियामा बस्दाका नकारात्मक कुराहरु के-के हुन्?
आफ्नो घर परिवार बाट टाढा हुन पर्ने हो अरु त केहि छैन।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई?
म त्यति घुलमिल छैन यस्तो कुरामा त्यसैले पनि थाहा भएन।

नेपाली समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ?
केहि छैन।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ?
सम्झना आउछ, धेरै कुरामा सपोट गर्नु हुन्थ्यो एक्लो महसुश हुन्थेन आफ्नो घरपरिवारको माया निस्वार्थ भावनाको हुन्छ।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो?
आत्मानिर्भर हुन सिकायो, परिवारको महत्त्व कति हुने रहेछ विदेशमा भन्ने सिकायो।

अष्ट्रेलियाआउन चाहने नयाँ विद्यार्थीलाई के सुझाव दिन चाहनुहुन्छ?
अष्ट्रेलिया आउदा अल्लि बुझेर आउनु, आफ्नो मान्छे छन् भन्दैमा सबै अरुको भरमा नआउनु आफ्नो लागि संघर्ष आफैले गर्नपर्छ भन्न चाहन्छु।

अष्ट्रेलिया आउन चाहने विद्यार्थीका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ?
धेरै कुरामा सपोट गर्न पर्छ, अष्ट्रेलिया गएर सबैलाई सुख र सहज हुन्छ भन्ने छैन त्यसैले दुख पाए भन्दैमा गाली गर्ने टेन्सन दिने नगर्नु होला भन्न चाहन्छु।