अष्ट्रेलियाको भिक्टोरियामा थप ९ सय ५ जनामा कोरोना संक्रमण पुष्टि, ४ को मृत्यु

0
107

मेलबर्न । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा थप ९ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा ६४ हजार २ सय १८ जनामा कोरोना परिक्षण गरिएको थियो। त्यसैगरी, सो अवधिमा ४ जना संक्रमितले ज्यान गुमाएका छन्।

भिक्टोरियामा हाल सक्रिय संक्रमितको संख्या १७ हजार ३ सय २ रहेको छ। ती मध्ये ३ सय ९४ जना अस्पतालमा उपचाररत छन्।