अष्ट्रेलियाको न्यू साउथ वेल्समा थप २ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि

0
579

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा थप २ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा न्यू साउथ वेल्समा ७७ हजार १ सय १९ जनामा कोरोना परिक्षण गरिएको थियो। ती मध्ये समुदाय स्तरमा २ सय ८६ जना र एक जना अन्तर्राष्ट्रिय यात्रीमा संक्रमण पुष्टि भएको हो। त्यसैगरी, सो अवधिमा थप दुई जना संक्रमितले ज्यान गुमाएका छन्।

न्यू साउथ वेल्समा हाल २ सय ३६ जना अस्पतालमा उपचाररत छन्। ती मध्ये ३४ जनाको आइसीयुमा उपचार भइरहेको छ।