अष्ट्रेलियाको भिक्टोरियामा थप ९ संक्रमितको मृत्यु

0
75

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा थप १ हजार १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा ६७ हजार ९ सय २५ जनामा कोरोना परिक्षण गरिएको थियो। सो अवधिमा थप ९ जना संक्रमितले ज्यान गुमाएका छन्।

भिक्टोरियामा हाल सक्रिय संक्रमितको संख्या १६ हजार ९८ रहेको छ। ती मध्ये ४ सय २६ जना अस्पतालमा उपचाररत छन्।