एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

0
156

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज (शुक्रबार) बस्दै छ । बैठक दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ ।

केन्द्रीय कमिटी बैठकमा लगिने प्रस्तावबारे छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो । शनिबार र आइतबारका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।

बैठक बानेश्वरमा बस्ने भएको हो । विभिन्न पार्टीबाट आएकाहरूलाई पार्टीमा स्थान दिनेलगायत विभिन्न विषयमा छलफल गर्न आज स्थायी कमिटी बैठक बस्दैछ।