नेपलीज तास्मानिया स्पोर्ट्स एसोसिएसनको आयोजनामा टेबल टेनिस प्रतियोगिता

0
82

होबार्ट। नेपाली समुदायलाई खेल तथा सामाजिक क्षेत्रमा अगाडी बढाउनका लागि क्रियाशील संस्था नेपलीज तास्मानिया स्पोर्ट्स एसोसिएसन (एनटिएसए)ले टेबल टेनिस प्रतियोगिताको आयोजना गरेको छ। संस्थाले श्री गणपति ज्वेलरीको मूख्य प्रायोजनमा एनटिएसए टेबल टेनिस च्याम्पियनशीप २०२१ को आयोजना गरेको हो।

टेबल टेनिस प्रतियोगिता पुरुष ओपन एकल, महिला ओपन एकल र ओपन डबल गरी तीन समूहमा हुनेछ। विजेताले २ सय डलर नगद पुरस्कार प्राप्त गर्नेछन् भने रनरअपका लागि १ सय डलर पुरस्कार राशी रहेको छ।

प्रतियोगिता आगामी १३ नोभेम्बरमा रहेको छ। 8 Constance, Glenorchy, TAS 7010 मा हुने उक्त कार्यक्रमलाई नेपाली सोसाइटी अफ तास्मानिया र एनआरएनए अष्ट्रेलिया तास्मनियाको पनि साथ रहेको छ।