अष्ट्रेलियामा भाइटीकाको साइत कुन सहरका लागि कति बजे उत्तम ?

0
420

मेलबर्न। नेपाल हिन्दु समाज अष्ट्रेलियाले यसपालीको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। समाजले अष्ट्रेलियाका विभिन्न सहरको लागि तिहारको लक्ष्मीपूजा र भाइटीकाको साइत सार्वजनिक गरेको हो।

यसपाली भाइटीका नोभेम्बर ६ तारिख शनिबार परेको छ।

नेपाल हिन्दु समाज अष्ट्रेलियाका अनुसार, भाइटीकाको लागि उत्तम साइत सिड्नीमा बिहान ११ बजेर ५१ मिनेटमा, मेलबर्नमा बिहान ११ बजेर ३६ मिनेटमा, ब्रिसबेनमा बिहान ११ बजेर २३ मिनेटमा, पर्थमा मध्यान्ह १२ बजेर १० मिनेटमा रहेको छ।

त्यसैगरी, डार्विनमा मध्यान्ह १२ बजेर ५ मिनेटमा, एडलेडमा बिहान ११ बजेर ५६ मिनेटमा, क्यानबेरामा बिहान ११ बजेर ५३ मिनेटमा र तास्मानियामा बिहान ११ बजेर २७ मिनेटमा उत्तम साइत रहेको छ।