अष्ट्रेलियाबाट सुदुर पश्चिमेली समाजले आज भर्चुअल रुपमै गर्दैछ भव्य तिहार विशेष कार्यक्रम

0
293

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा रहेका सुदुर पश्चिमेलीहरुको संस्था फारवेस्टर्न नेपलीज सोसाइटी अफ भिक्टोरियाले सुदुर पश्चिम तथा नेपालको कला संस्कृतिको सम्बर्द्धन र प्रबर्द्धनका लागि विभिन्न प्रयासहरु गर्दै आएको छ।

यसैक्रममा दीपावली तथा छठ पर्वको अवसरमा संस्थाले आज भर्चुअल कार्यक्रमको आयोजना गरेको छ। आज अर्थात ३१ अक्टोबर, आइतबार हुने कार्यक्रममा सुदुर पश्चिमेली तथा राष्ट्रिय लोकप्रिय कलाकारहरुले विशेष प्रस्तुति दिनेछन्। कार्यक्रममा चक्र बम, रवि ओड, अराज केशव, लक्ष्मण अधिकारि, हिक्मत महरा, नविन रावल कलाकारहरुले प्रस्तुति दिने आयोजक संस्थाले जनाएको छ।

भिक्टोरिया बहुसांस्कृतिक आयोग र न्याभको समेत सहयोग रहेको कार्यक्रममा कोभिड-१९ भ्याक्सिनको बारेमा सचेतना कार्यक्रम पनि रहनेछ। कार्यक्रम बेलुका ५ बजेपछि शुरु हुनेछ। सहभागिताका लागि जुम मिटिङ्ग आइडि ८२९ ५०३४ १९२४ रहेको छ भने पासकोड ७६१७६२ रहेको छ।