सर्वसाधारण युवकसँग बिवाह गरी राजदरबारबाट बाहिरिन् जापानकी राजकुमारी माको

0
62
Japan's Princess Mako (C) leaves Akasaka Estate in Tokyo on October 26, 2021, to attend a press conference with her husband Kei Komuro. (Photo by Kazuhiro NOGI / AFP)

९ कात्तिक (रासस÷एएफपी) ः जापानकी राजकुमारी माकोले सर्वसाधारण एक युवकसँग बिवाह गर्नु भएको छ । विवादका बीच उहाँले मंगलबार सामान्य प्रक्रिया अपनाएर बिवाह गर्दै राजदरबारबाट बाहिरिनु भएको छ । त्यसअघि उहाँले आफ्ना बुवा युवराज फुमिहितो र युवराज्ञी किकोलाई निहुरिएर विदाई अभिवादन गर्नु भएको थियो भने आफ्नी बहिनीलाई अँगालो हाल्नु भएको थियो ।

जापानको शाही परिवार सम्वन्धी नियमअनुसार उहाँले सर्वसाधारणसँग विहे गरेसँगै उहाँको राजकीय पद पनि गुमेको छ । विश्वविद्यालयमा सँगै पढेका साथीसँग सुरु भएको राजकुमारी कोकोको प्रेमसम्वन्ध मंगलबारदेखि बैवाहिक सम्वन्धमा रुपान्तरण भएको हो । उहाँहरुको मगनी गत सन् २०१७ मा भएपनि बिवाहको मिति तय भएको थिएन । जापानका राजा नारुहितोकी ३० बर्षिया भतिजी माकोले उही उमेरका केइ कोमुरोसँग विवाह गर्नुभएको हो ।

उहाँका पति अमेरिकास्थित एउटा ल फर्ममा काम गर्दै आउनु भएको हो । बिवाहपछि राजकुमारी माको पनि अमेरिका जानुहुने भएको छ । उहाँहरुको विवाहमा राजपरिवारका सदस्यको विवाहका बेला गरिने परम्परागत विधि पनि अवलम्बन गरिएको छैन् भने उहाँले राजपरिवारबाट बिदा हुँदा महिला सदस्यले पाउने नगद पनि त्याग्नु भएको छ । यी दुवै कुरा परित्याग गर्ने उहाँ जापानको राजपरिवारकी प्रथम महिला सदस्य भएको बताइएको छ ।

राजपरिवारकी सदस्यले सर्वसाधारणसँग बिवाह गर्न लागेको भन्दै उहाँहरुको बिवाहका बारेमा टिकाटिप्पणी हुदै आएको थियो । विरोधकाबीच पनि शाही पदवीसमेत गुमाएर राजकुमारी माकोले सर्वसाधारण एक युवासँग विवाह गरेको विषय विश्वभरी भने सकारात्मक चर्चाको विषय भएको छ ।