अष्ट्रेलियाको तास्मानियामा भव्य देउसी-भैलो कार्यक्रमको तयारी

0
103

होबर्ट। नेपालीहरुका लागि विजया दशमी पछिको महान चाड मानिने तिहारको रौनक अष्ट्रेलियामा पनि छाइसकेको छ। नेपालीहरुको बाक्लो वसोवास रहेको तास्मानियामा तिहार विशेष कार्यक्रमहरुको तयारी भइरहेको छ।

नेपाली सोसाइटी अफ तास्मानियाले भव्य विभिन्न आकर्षण सहितको देउसी भैलो कार्यक्रमको तयारी गरेको छ। कार्यक्रममा चिट्ठा तथा बिङ्गो खेल र चङ्गा उडाउने खेल रहनेछन्। त्यसैगरी दोहोरी कार्यक्रम रहनेछ भने नेपाली कला संस्कृतिको प्रबर्द्धन गर्दै देउसी भैलो कार्यक्रम रहनेछ।

नेपाली सोसाइटी अफ तास्मानियाले मनोरन्जन संगै सम्पूर्ण नेपाली समुदायमा एकता तथा सद्भाव फैलाउँदै कला संस्कृतिको सम्बर्द्धन तथा प्रबर्द्धनका लागि कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ। कार्यक्रम मार्फत अष्ट्रेलियामा हुर्किरहेको नयाँ पुस्ताले पनि नेपालको बारेमा थप जान्ने र बुझ्ने अवसर पाउनेछन् भन्ने कुरामा विश्वस्त रहेको आयोजक संस्थाले जनाएको छ।

कार्यक्रम आगामी ५ नोभेम्बरमा हुनेछ। Tolasa Park Glenorchy मा हुने कार्यक्रम दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म संचालन हुने बताइएको छ।