‘अष्ट्रेलियामा पनि तास खेलिन्छ, देउसीभैलो खेलिन्छ तर नेपालको तिहार याद आउँछ’

0
131

घर परिवारसंग टाढा हुँदा परिवारको याद आउनु स्वाभाविक हो। अझ विशेष दिन र चाडपर्वमा टाढा रहँदा खल्लो महसुस हुन्छ। हिमालयन कंगारुले यो खल्लोपनलाई केही हदसम्म कम गर्ने उद्देश्यका साथमा ‘तिहार टक’ विशेष स्तम्भ सुरु गरेको छ।

यसै सन्दर्भमा अष्ट्रेलियाको सिड्नीमा बसोवास गरिरहनुभएका मनिता पुडासैनीसंगको विशेष कुराकानी:

नेपालमा तपाईंको घर कहाँ हो? अष्ट्रेलिया कहिले आउनुभएको हो ?
मेरो नेपालमा घर काठमाडौं, जोरपाटी हो। तीन वर्ष अगाडी आएकी हूँ।

अष्ट्रेलियामा हाल के गर्दै हुनुहुन्छ?
अहिले म पढ्दै छु।

तिहार नजिकिंदै छ, तिहार भन्नासाथ तपाईंलाई के कुराको याद आउँछ?
मलाई मेरो परिवारको, लक्ष्मी पूजा, रमाइलो झिलिमिली धेरै याद आउँछ।

अष्ट्रेलियाको नेपाली समुदायमा तिहारको बेलामा तास कत्तिको खेलिन्छ?
समय मिलाएर रमाइलोको लागि दशैं तिहारमा सबै जना मिलेर खेलिन्छ।

अष्ट्रेलिया गएपछि देउसी-भैलो खेल्नुभएको छ?
नेपालमा जस्तो गाउँ भरि खेल्दै हिड्ने गरिदैन तर आफ्नो घर अनि आफन्तीकोमा गएर खेलिन्छ।

तिहारको कुन परिकार सबैभन्दा बढी मन पर्छ?
मलाई सेल रोटी धेरै नै मन पर्छ।

अष्ट्रेलियामा तिहार मनाउँदा सेलरोटी बनाउने गर्नुभएको छ?
अष्ट्रेलिया आएपछि पनि आफैले सेलरोटी बनाएकी छु।

अष्ट्रेलियामा रहँदा तिहारको टिका लगाउने / लगाइदिने मौका पाउनुभएको छ कि छैन?
आफन्तीहरु हुनुहुन्छ अष्ट्रेलियामा। उहाँहरुसंग मिलेर टिका लगाएकी छु।

यसपालीको तिहार कसरी मनाउने योजना बनाउनुभएको छ?
लक्ष्मी पूजा र भाइ टिकाको दिन बिदा मिलाएकी छु। दाइहरु बोलाएर, राम्रोसंग रमाइलो गरेर, मिठो-मिठो बनाएर खाने गरेर मनाउने योजना छ।

विदेशमा हुँदा मनाउने तिहार कत्तिको रमाइलो हुनेरहेछ?
नेपालमा जस्तो रमाइलो त हुँदैन तर सबै जना छौं, भनेर रमाइलो मान्ने हो भने रमाइलो नै हुन्छ।

पछिल्लो पटक, कुन वर्षको तिहारमा नेपाल हुनुहुन्थ्यो?
३ वर्ष अगाडीको तिहार नेपालमा मनाएको थिए।

नेपालमा तिहार मनाउँदाको के कुरा सबैभन्दा बढी मिस गर्नुहुन्छ?
देउसी-भैलो खेलेको र रमाइलो गर्दै हिडेको अनि जताततैको झिलिमिलिको रमाइलो धेरै मिस हुन्छ।

तपाईंको बाल्यकालको तिहारको केही सम्झना छन् कि?
बाल्यकालको चाहिं देउसी-भैलो खेल्दा खेरिको जानी नजानी गित गाउने नाच्ने गरेको धेरै सम्झना आउँछ।

नेपालमा हुनुहुने तपाईंको दिदी-बहिनी / दाजुभाइलाई केही संदेश दिन चाहनुहुन्छ?
ह्याप्पी तिहार। रमाइलो गर्नु, राम्रो सँग मनाउनु भन्न चाहन्छु।