अष्ट्रेलियामा आमाबुवा बोलाउन पाइने भन्ने नयाँ नियम के हो ? विस्तृत जानकारी

0
454

अब आमाबुवालाई अष्ट्रेलिया ल्याउन पाउने खबर संचारमाध्यमहरु छाइरहेका छन्। यी समाचारबाट केहीमा यो नियम बारेमा केही कौतुहलता र केही अन्योल पनि देखिन्छ।

यसअघि अष्ट्रेलियन पीआर र नागिकताधारीहरुका श्रीमान/श्रीमती र बच्चाहरुलाई इमिडियट फ्याम्ली मेम्बर मानिन्थ्यो तर आमाबुवालाई मानिदैनथ्यो। अबदेखि भने आमाबुवालाई पनि इमिडियट फ्याम्ली मेम्बर मानिने यहाँको होम अफेयर्सले घोषणा गरेको छ।

इमिडियट फ्याम्ली मेम्बरका लागि अष्ट्रेलिया सरकारले ट्राभल एक्जेम्सन अर्थात यात्रा छुटको प्रावधान राखेको छ। जसअनुसार, आमाबुवा पनि अब इमिडियट फ्याम्ली मेम्बर परेसंगै आमाबुवाका लागि पनि यो सुविधा रहनेछ। र, आमाबुवा ल्याउन चाहनेले अब यात्रा छुटका लागि आवेदन दिन सकिनेछ।

यो नयाँ नियमका लागि अझै केही दिन पर्खिनुपर्ने हुन्छ। किनभने यो नियम नोभेम्बर १ पछि मात्र लागु हुनेछ।

त्यस्तै अर्कोतिर, न्यू साउथ वेल्स राज्यले अष्ट्रेलियामा मान्यता प्राप्त खोप लगाएर आउनेलाई क्वारेण्टिन नराखिने जनाएको छ। तर खोप भने दुवै डोज नै लगाएको हुनुपर्नेछ। दुवै डोज खोप नलगाएकाहरु क्वारेण्टिनमा बस्नुपर्नेछ। यसबारेमा अन्य राज्यले भने निर्णय बाहिर ल्याइसकेका छैनन्।

कृपया गलत सुचना र बुझाईबाट सधै टाढा रहनुहोला। माथि उल्लेखित विषयमा अझैपनि तपाईंमा केही कौतुहलता छ भने मलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

  • सन्तोष कर्ण
    डाइरेक्टर तथा रजिस्टर्ड माइग्रेसन एजेण्ट
    (डाँफे कन्सल्टेन्सी मेलबर्न)