एनआरएनए अष्ट्रेलियाद्वारा बाढी-पहिरो पिडितका लागि सहयोग अभियान संचालन

0
105

मेलबर्न। गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले नेपालका बाढी तथा पहिरो पिडितहरुका लागि सहयोग अभियान संचालन गरेको छ।

नेपालमा दशैं पछि केही दिनसम्म परेको अविरल वर्षाका कारण विभिन्न ठाउँमा बढी-पहिरो गएको छ। उक्त बाढी-पहिरोबाट धन-जनको क्षति भएको छ। कैयौंले ज्यान गुमाएका छन्, कैयौं घरबारविहिन भएका छन् भने कैयौंको धानबाली नष्ट भएको छ। नेपालमा विपत परेको यो समयमा आफ्नो धर्म तथा कर्तव्य सम्झेर सहयोग गर्न एनआरएनए अष्ट्रेलियाले आफ्ना सदस्य तथा अष्ट्रेलियावासी नेपाली समुदायलाई आग्रह गरेको छ।

एनआरएनए अष्ट्रेलियाले बाढी-पहिरोमा परी ९० जनाभन्दा बढीले ज्यान गुमाउनु परेको र १० हजार जना घरबारविहिन भएको उल्लेख गर्दै सबै समक्ष सहयोगको लागि अपिल गरेको हो। सहयोग गर्न इच्छुक व्यक्तिले एनआरएनए अष्ट्रेलिया डिजास्टर रिलिफ एकाउन्टको तल उल्लेखित खाता नम्बरमा रकम जम्मा गर्न सकिनेछ।
BSB: 032006
Account Number: 595128