अष्ट्रेलियाको न्यू साउथ वेल्समा थप २९६ जनामा कोरोना संक्रमण पुष्टि

0
64

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा थप २ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आइतबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा न्यू साउथ वेल्समा ६६ हजार ७ सय ४० जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये समुदाय स्तरमा २ सय ९६ जनामा संक्रमण पुष्टि भएको हो। त्यसैगरी पछिल्लो २४ घण्टामा ४ जना संक्रमितले ज्यान गुमाएका छन्।

न्यू साउथ वेल्समा हाल ४ सय ८० जना संक्रमित अस्पतालमा उपचाररत छन्। ती मध्ये १ सय १९ जनाको आइसीयुमा उपचार भइरहेको छ।