‘अष्ट्रेलियामा त आफूले समय मिलाएर दशैं मनाउनुपर्छ, नेपालमा मनाउँदाको धेरै याद आउँछ’

0
106

घर परिवारसंग टाढा हुँदा परिवारको याद आउनु स्वाभाविक हो। अझ विशेष दिन र चाडपर्वमा टाढा रहँदा खल्लो महसुस हुन्छ। हिमालयन कंगारुले यो खल्लोपनलाई केही हदसम्म कम गर्ने उद्देश्यका साथमा ‘दशैं टक’ विशेष स्तम्भ सुरु गरेको छ।
यसै सन्दर्भमा अष्ट्रेलियाको तस्मानिया होबार्टमा बसोवास गरिरहनुभएका कमल उप्रेतीसंगको विशेष कुराकानी:

नेपालमा तपाईंको घर कहाँ हो? अष्ट्रेलिया कहिले आउनुभएको हो?
हेटौडा, हाडीखोला हो। म अष्ट्रेलिया आएको ६ वर्ष भयो।

दशैं नजिकिंदै छ, दशैं भन्नासाथ तपाईंलाई के कुराको याद आउँछ?

आमा बाबाको, सबै परिवारको धेरै याद आउँछ।

यसपालीको दशैं कसरी मनाउने योजना बनाउनुभएको छ?
सबै साथीभाई जम्मा हुने, भेटघाट गर्ने, टिका लगाउने रमाइलो गर्ने घुम्ने भन्ने छ।

विदेशमा हुँदा मनाउने दशैं कत्तिको रमाइलो हुनेरहेछ?
नेपालमा जस्तो त कहाँ हुन्छ र, रमाइलो मान्नुपर्छ, विदेशमा समय मिलाएर मनाउनपर्ने हुन्छ।

पछिल्लो पटक, कुन वर्षको दशैंमा नेपाल हुनुहुन्थ्यो?
म अष्ट्रेलिया आउन भन्दा अगाडी २०१९ मा थिए।

नेपालमा दशैं मनाउँदाको के कुरा सबैभन्दा बढी मिस गर्नुहुन्छ?
सबै मिलेर पिङ्ग खेलेको, टिका लगाउदै पैसा उठाउन हिडेको, धेरै याद आउछ।

दशैंको सबैभन्दा दिक्क लाग्ने कुरा के हो?
खासै त्यस्तो केहि छैन।

तपाईंको बाल्यकालको दशैंको केही सम्झना छन् कि?
साथीहरु मिलेर पिङ्ग खेलेको, आमाले नलगे पनि भागी भागी मामाघर गएको (हास्दै) सम्झना आउछ।

नेपालमा हुने आफन्तजनलाई दशैं विशेष केही संदेश दिन चाहनुहुन्छ कि?
यसपाली कोभिडले गर्दा आउन पाईन अर्को दशैंमा अवश्य समय मिलाएर आउने छु। राम्रो सँग दशैं मनाउनु होला भन्न चाहन्छु।