अष्ट्रेलियाको भिक्टोरियामा थपिए १ हजार ६ सय १२ जना नयाँ संक्रमित, थप ८ जनाको मृत्यु

0
43

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका १ हजार ६ सय १२ जना नयाँ संक्रमित थपिएका छन्।

सोमबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा ७३ हजार १ सय ३८ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये समुदाय स्तरमा १ हजार ६ सय १२ जनामा संक्रमण पुष्टि भएको हो। योसंगै भिक्टोरियामा सक्रिय संक्रमितको संख्या १९ हजार १२ पुगेको छ।

त्यसैगरी, भिक्टोरियामा पछिल्लो २४ घण्टामा ८ जना संक्रमितले ज्यान गुमाएका छन्।