अष्ट्रेलियाको न्यू साउथ वेल्समा थप ४ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि

0
42

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा थप ४ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आइतबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा न्यू साउथ वेल्समा ८६ हजार १ सय ५५ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये समुदाय स्तरमा ४ सय ७७ र दुई जना अन्तर्राष्ट्रिय यात्रीमा संक्रमण पुष्टि भएको हो।

न्यू साउथ वेल्समा हाल ७ सय ९४ जना संक्रमित अस्पतालमा उपचाररत छन्। ती मध्ये १ सय ५९ जनाको आइसीयुमा उपचार भइरहेको छ।