अष्ट्रेलियाको भिक्टोरियामा थपिए १ हजार ८ सय ९० जना नयाँ संक्रमित, थप ५ जनाको मृत्यु

0
46

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका १ हजार ८ सय ९० जना नयाँ संक्रमित थपिएका छन्।

आइतबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा ७४ हजार १ सय ५ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये समुदाय स्तरमा १ हजार ८ सय ९० जनामा संक्रमण पुष्टि भएको हो। योसंगै भिक्टोरियामा सक्रिय संक्रमितको संख्या १८ हजार ३ सय ४२ पुगेको छ।

त्यसैगरी, भिक्टोरियामा पछिल्लो २४ घण्टामा थप ५ जना संक्रमितले ज्यान गुमाएका छन्।