‘अष्ट्रेलिया आएदेखि नै दसैंमा टीका लगाएकी छैन’

0
253

घर परिवारसंग टाढा हुँदा परिवारको याद आउनु स्वाभाविक हो। अझ विशेष दिन र चाडपर्वमा टाढा रहँदा खल्लो महसुस हुन्छ। हिमालयन कंगारुले यो खल्लोपनलाई केही हदसम्म कम गर्ने उद्देश्यका साथमा ‘दशैं टक’ विशेष स्तम्भ सुरु गरेको छ।

यसै सन्दर्भमा अष्ट्रेलियाको एडिलेडमा बसोवास गरिरहनुभएका सुमित्रा पौडेलसंगको विशेष कुराकानी:

नेपालमा तपाईंको घर कहाँ हो? अष्ट्रेलिया कहिले आउनुभएको हो?
पोखरा हो। म अष्ट्रेलिया आएको ४/५ वर्ष भएको हो।

अष्ट्रेलियामा हाल के गर्दै हुनुहुन्छ?
नर्स हूँ। काम गर्दैछु।

दशैं नजिकिंदै छ, दशैं भन्नासाथ तपाईंलाई के कुराको याद आउँछ?
आमा बुवा साथै सबै परिवारको र आफन्तीहरुसंगको भेटघाट धेरै याद आउँछ।

यसपालीको दशैं कसरी मनाउने योजना बनाउनुभएको छ?
मैले अष्ट्रेलिया आए देखि नै टिका लगाएकी छैन, त्यसैले पनि खासै केहि योजना छैन।

विदेशमा हुँदा मनाउने दशैं कत्तिको रमाइलो हुनेरहेछ?
विदेशमा त पार्टीहरु हुन्छ साथीहरु भेटघाट हुन्छ त्यसैले पनि रमाइलो नै हुन्छ।

पछिल्लो पटक, कुन वर्षको दशैंमा नेपाल हुनुहुन्थ्यो ?
२०१६ मा दशैं मनाएर आए पछि जाने समय मिलेको छैन।

नेपालमा दशैं मनाउँदाको के कुरा सबैभन्दा बढी मिस गर्नुहुन्छ ?
आफ़न्तिकोमा गएर टिका थापेको पैसा जम्मा गरेको धेरै याद हुन्छ।

दशैंको सबैभन्दा दिक्क लाग्ने कुरा के हो ?
खासै त्यस्तो केहि छैन।

तपाईंको बाल्यकालको दशैंको केही सम्झना छन् कि ?
पिङ्ग खेलेको, कसको धेरै पैसा भयो भनेर साथीहरु मिलेर गनेको सम्झना छ।

नेपालमा हुने आफन्तजनलाई दशैं विशेष केही संदेश दिन चाहनुहुन्छ कि ?
दशैं राम्रो सँग मनाउनु सबैले “ह्याप्पी दशैं भन्न चाहन्छु।