अष्ट्रेलियाको दसैँ: घरभित्रै टीका, नेपालमा भिडियो कल

0
81

घर परिवारसंग टाढा हुँदा परिवारको याद आउनु स्वाभाविक हो। अझ विशेष दिन र चाडपर्वमा टाढा रहँदा खल्लो महसुस हुन्छ। हिमालयन कंगारुले यो खल्लोपनलाई केही हदसम्म कम गर्ने उद्देश्यका साथमा ‘दशैं टक’ विशेष स्तम्भ सुरु गरेको छ।
यसै सन्दर्भमा अष्ट्रेलियाको सिड्नीमा बसोवास गरिरहनुभएका बेल बिश्वकर्मासंगको विशेष कुराकानी:

नेपालमा तपाईंको घर कहाँ हो ? अष्ट्रेलिया आउनुभएको कति भयो ?
सिन्धुपाल्चोक हो। अष्ट्रेलिया आएको दुई वर्ष भयो। २०१९ मा आएको हूँ।

अष्ट्रेलियामा हाल के गर्दै हुनुहुन्छ?
पढाई साथै काम गर्दै छु।

दशैं नजिकिंदै छ, दशैं भन्नासाथ तपाईंलाई के कुराको याद आउँछ ?
सपिङ्ग गर्ने, मासु खाने, नयाँ नयाँ लुगा लगाउने भन्ने याद आउँछ।

यसपालीको दशैं कसरी मनाउने योजना बनाउनुभएको छ ?
घरमै बसेर टिका लगाएर मिठो मिठो बनाएर खाने, नेपालमा भिडियो कल गर्ने, बोल्ने योजना छ।

विदेशमा हुँदा मनाउने दशैं कत्तिको रमाइलो हुनेरहेछ ?
रमाइलो मान्नु पर्छ, समय मिलाएर चाडपर्व मनाउनु पर्छ।

पछिल्लो पटक, कुन वर्षको दशैंमा नेपाल हुनुहुन्थ्यो ?
म अष्ट्रेलिया आउन भन्दा अगाडी २०१८ मा थिए।

नेपालमा दशैं मनाउँदाको के कुरा सबैभन्दा बढी मिस गर्नुहुन्छ ?
आफू जन्मेको ठाउँमा दशैं मनाउने, साथीभाईसँग आफ्नो घर परिवारसँग भेटघाट गर्ने अवसर मिल्छ। मामा घर जान पाइने जस्ता कुराहरु बढी याद आउँछ।

दशैंको सबैभन्दा दिक्क लाग्ने कुरा के हो ?
खासै त्यस्तो केहि छैन।

तपाईंको बाल्यकालको दशैंको केही सम्झना छन् कि ?
साथीहरु मिलेर पिङ्ग खेल्न लाइन लगाएर पालो कुरेको, नयाँ लुगा लगाएको सम्झना छ।

नेपालमा हुने आफन्तजनलाई दशैं विशेष केही संदेश दिन चाहनुहुन्छ कि ?
कोभिडको समय छ सबै जनाले आफ्नो ख्याल राख्नु राम्रो सँग सुरक्षा अपनाएर दशैं मनाउनु, दशैंको धेरै धेरै शुभकामना भन्न चाहन्छु।