सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा थप ६ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा न्यू साउथ वेल्समा १ लाख ३ हजार ३ सय ८८ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये समुदाय स्तरमा ६ सय ४६ र दुई जना अन्तर्राष्ट्रिय यात्रीमा संक्रमण पुष्टि भएको हो।
न्यू साउथ वेल्समा हाल ८ सय ५६ जना संक्रमित अस्पतालमा उपचाररत छन्। ती मध्ये १ सय ७० जनाको आइसीयुमा उपचार भइरहेको छ। त्यसैगरी, न्यू साउथ वेल्समा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको हालसम्मको संख्या ४ सय ७० पुगेको छ।
NSW recorded 646 new locally acquired cases of COVID-19 in the 24 hours to 8pm last night.
Two new cases were acquired overseas in the same period, bringing the total number of cases in NSW since the beginning of the pandemic to 67,480. pic.twitter.com/b9lVX23zCW
— NSW Health (@NSWHealth) October 8, 2021