अष्ट्रेलियाको भिक्टोरियामा थपिए १ हजार ८ सय ३८ नयाँ संक्रमित, थप ५ जनाको मृत्यु

0
85

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका १ हजार ८ सय ३८ जना नयाँ संक्रमित थपिएका छन् ।

शुक्रबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा ७७ हजार ५ सय ५४ जनामा कोरोना परिक्षण गरिएको थियो। ती मध्ये समुदाय स्तरका १ हजार ८ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो। योसंगै भिक्टोरियामा आज सक्रिय संक्रमितको संख्या १६ हजार ८ सय २३ रहेको छ।

त्यसैगरी भिक्टोरियामा पछिल्लो २४ घण्टामा थप ५ संक्रमितको मृत्यु भएको छ।