अष्ट्रेलियाको होबार्टमा यसपाली हुँदैछ दशैं धमाका !

0
155

होबर्ट। युवाहरुद्वारा संगठित विनर सर्कल तास्मानियाले आयोजना गर्न लागिरहेको दशैं विशेष कार्यक्रम ‘दशैं धमाका म्युजिकल नाइट’को चर्चा अहिले तास्मानियाभर छाइरहेको छ। ग्लोबल मार्क एजुकेशन एण्ड भिसा सर्भिसेजको मूख्य प्रायोजनमा दशैं धमाका हुन लागेको हो।

आगामी अक्टोबर ९ मा हुने कार्यक्रमलाई धमाकेदार बनाउनका लागि लाईभ म्युजिक अनि डिजेको व्यवस्था गरिएको छ। चर्चित नेपाली गायल बादल प्रसाई, चर्चित ब्याण्ड ‘अर्थ’ र साथमा करिब सत्र जना स्थानिया कलाकारहरुले आफ्नो प्रस्तुति दिनुहुनेछ। कार्यक्रम आगामी अक्टोबर ९ तारिख अर्थात आगामी शनिबार सुप्रसिद्ध होटल चान्सलरमा हुनेछ।

यतिबेला अष्ट्रेलियाका अन्य राज्यहरु कोभिड महामाहरीका कारण बन्द अवस्था रहिरहँदा होबार्टमा भने धमाकाले दशैंको माहोल चर्काएको छ । होबार्टका हरेक ग्रोसरी स्टोर देखि अन्य नेपाली एवं भारतीयद्वारा संचालित व्यवसायमा धमाका कार्यक्रमका पोस्टर एवम् निमन्त्रणा देख्न पाईन्छ ।

दशैं धमाका कार्यक्रमका बारेमा जानकारी गराउँदै आयोजक संस्था विनर सरकार तास्मानियाका एडमिन सनम परियार भन्नुहुन्छ, ” अष्ट्रेलियामा लामो समय पछि यसरी भव्य कन्सर्ट हुदैछ, हामी निकै नै हर्षित छौ । विनर्स सर्कल टिमको साथ र सबैको मायाले काम गर्न उर्जा मिलेको छ । यस कार्यक्रमबाट हामी तास्मनियावासी नेपालीहरुमा दशैको मेलाको झल्को मेटाउने छौ ।’

त्यसैगरी कार्यक्रमको मूख्य प्रायोजक संस्था ग्लोबल मार्क एजुकेसन एण्ड भिसा सर्भिसेजका निर्देशक अरूण चित्रकार बताउनुहुन्छ, ” ‘युवा, संस्कार र संस्कृतिको प्रबर्द्धनका लागि हामि सदैव तत्पर छौ । युवा साथीहरुको जोशले हामीलाई पनि काम गर्न उर्जा मिलेको छ । सबै मिली यसलाई भव्य र सभ्य रुपमा सफल पार्नेछौं।’

कार्यक्रमको गोल्ड स्पोन्सरमा माल्दिनी इटालियन क्याफे एण्ड रेस्टुरेण्ट, सिल्भर स्पोन्सरमा डिबि सर्भिसेज ग्रुप र ब्रोन्ज स्पोन्सरमा मूनलाईट सुपरमार्केट होबार्ट र मनीक्वेस्ट रहेका छन् । यस्तै कार्यक्रममा प्रिमो एजुकेसन एण्ड भिजा सर्भिसेज, सर्टिफ़ाई सर्भिज, एसआर स्टुडियो, तास्माण्डु क्रिकेट क्लब, काम कोठा र सोल सिस्टर्सको बिशेष सहयोग रहेको छ ।