अष्ट्रेलियामा एज्ड केयरमा काम गर्ने नर्सहरुलाई ३७०० डलर बोनस दिने सरकारको घोषणा

0
916

मेलबर्न। अष्ट्रेलियामा एज्ड केयरमा काम गर्ने नर्सहरुका लागि सरकारले अतिरिक्त बोनस दिने घोषणा गरेको छ। महामारीको समयमा जोखिमपूर्ण मानिने एज्ड केयरमा निरन्तर काम गरिरहेका नर्सहरुलाई सम्मान गर्ने तथा यस क्षेत्रमा काम गर्नका लागि अरुलाई पनि प्रेरित गर्ने उद्देश्यले बोनस दिने निर्णय गरिएको स्वास्थ्य तथा एज्ड केयर मन्त्री ग्रेग हन्टले बताएका हुन्।

यो कार्यक्रम अन्तर्गत एउटै एज्ड केयरमा कम्तिमा १२ महिना निरन्तर काम गर्ने रजिस्टर्ड नर्सले ३ हजार ७ सय डलर बोनस पाउनेछन्। पार्ट टाइम तथा क्याजुअल काम गर्ने रजिस्टर्ड नर्सले एक वर्षको २ हजार ७ सय डलर प्राप्त गर्नेछन्।

त्यसैगरी ग्रामिण क्षेत्रमा काम गर्ने, पोस्टग्राजुएट गरेका नर्सले अरुले प्राप्त गर्नेमा २ हजार ३ सय डलर थप बोनस पाउनेछन्।

यो बोनस रकम २०२२ र २०२३ का लागि प्रदान गरिनेछ । २०२२ का लागि समयावधि आगामी नोभेम्बर १ देखि अर्को वर्षको अक्टोबर ३१ सम्म रहनेछ। २०२३ का लागि समयावधि २०२२ नोभेम्बर देखि २०२३ अक्टोबरसम्म रहन्छ।

थप जानकारीका लागि : aged-care/bonus-payments-to-retain-aged-care-nurses

Are you living in Australia and looking for genuine advice regarding subjects, PR, college/university and career ? Click Here