अष्ट्रेलियाको न्यू साउथ वेल्समा थप ८ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि

0
50

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा थप ८ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मंगलबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा न्यू साउथ वेल्समा १ लाख ३२ हजार २ सय ७९ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये समुदाय स्तरमा ८ सय ६३ जना र ३ जना अन्तर्राष्ट्रिय यात्रीमा संक्रमण पुष्टि भएको हो।

न्यू साउथ वेल्समा हाल १ हजार १ सय ५५ जना संक्रमित अस्पतालमा छन्, जसमध्ये २ सय १३ जना आइसीयुमा उपचाररत छन्। त्यसैगरी, न्यू साउथ वेल्समा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ सय ७२ पुगेको छ।