अष्ट्रेलियाको भिक्टोरियामा थप ४ संक्रमितको मृत्यु

0
44

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा पछिल्लो २४ घण्टामा ८ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा ४९ हजार ४ सय ५० जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये ८ सय ६७ जनामा संक्रमण पुष्टि भएको हो।

त्यसैगरी भिक्टोरियामा २६ सेप्टेम्बरको ९ जना र २७ सेप्टेम्बरको १४० जना नयाँ संक्रमितको संख्या थप भएको छ। योसंगै भिक्टोरियामा आज सक्रिय संक्रमितको संख्या ९ हजार २ सय ६१ पुगेको छ।

पछिल्लो २४ घण्टामा भिक्टोरियामा ४ जना संक्रमितको मृत्यु भएको छ।