‘अष्ट्रेलियामा रहेकी छोरी नेपालमा भन्दा सुरक्षित महसुस हुन्छ, करियर पनि बनेको छ’

0
95

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल” एउटा सजिलो र भरपर्दो माध्यम बन्दै आइरहेको छ। अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउँदा नेपालमा रहनु भएको आफन्तलाई कस्तो महसुस हुन्छ? अष्ट्रेलियामा भएका आफन्तका बारेमा उहाँहरुको धारणा कस्तो छ? जस्ता विषयमा हिमालयन कंगारूले केक टु नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा अफ़न्तहरु संग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले काठमाडौं, धापासी ४ टोखामा घर हुनुभएका रमेश कुमार बुढाथोकीसंग कुराकानी गरेका छौं।

हजुरलाई कसले उपहार पठाइदिनुभएको हो?
मलाई मेरी छोरीले पठाईदिएकी हुन्।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो?
खुसी लागेको छ, मलाई मेरी छोरीले सम्झेर पठाईदिएकी छन्।

तपाईंको छोरी अष्ट्रेलिया जानुभएको कति भयो? अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ?
मेरो छोरी अष्ट्रेलिया गएको ५ वर्ष भयो। अष्ट्रेलियाको मेलबर्नमा बस्छिन।

छोरी अष्ट्रेलिया गएकोमा कस्तो लाग्छ?
अष्ट्रेलिया गएकोमा खुसी लाग्छ। आफ्नो करियर बनाउनको लागि गएकी हुन्, त्यहिँ भएर पनि खुसी छु। आफूले सोचेको जस्तो नहोला तर उनीसंग बोल्दा खुसी नै देखेको छु।

चाडपर्वहरुमा छोरीको कत्तिको सम्झना आउछ?
एकदमै याद आउँछ, एउटा छोरी उही पनि सात समुन्द्र पारि छन्।

नेपाल फर्किए हुन्थ्यो जस्तो लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ?
उसको विचार त अब उतै सेटल हुने छ तर हामी चाँहि आफ्नो करियर बनाएर अब नेपालमै बसेर केहि गर्छु भन्ने सोच लिएर आएहुन्थ्यो भन्ने छ।

तपाई कहिँल्यै अष्ट्रेलिया जानुभएको छ या अष्ट्रेलिया जाने सोचमा हुनुहुन्छ?
म गएको छैन। अहिले जाने सोचमा थिएँ, घुम्नको लागि। तर कोभिडले गर्दा रोकिएर बस्नु परेको छ।

अष्ट्रेलियाको के कुरा राम्रो के कुरा नराम्रो लाग्छ?
हाम्रा नेपाली छोरी चेलीलाई नेपालमा भन्दा धेरै सुरक्षित छ अष्ट्रेलियामा। तर धेरै व्यस्त हुनु पर्ने, काम पढाईको लागि नेपालमा जस्तो जति बेला पनि भेट्न बोल्न नपाइने रहेछ, यो अल्लि नराम्रो लाग्यो।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाइलाई कस्तो लाग्छ?
खासै राम्रो लाग्दैन। अरुको देशमा गएर पैसा कमाएर आफ्नो देशमा आएर लगानी गरे पो देश बन्छ हामी माथि उकास्न सकिन्छ। आफ्नो जन्मभूमीमा आएर केहि राम्रो काम गर्दा नाम साथै इज्जत पनि कमाउन सकिन्छ। त्यही भएर पनि मलाई त नेपालमै फर्केको राम्रो लाग्छ।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केहि संदेश दिन चाहनुहुन्छ कि?
जा गए पनि आफ्नै कर्म गरेर खाने हो त्यसैले जे छ त्यसमै खुसी भएर बस्नु आफ्नो जन्म भूमिलाई नभुल्नु भन्न चाहन्छु।

Are you living in Australia and looking for genuine advice regarding subjects, PR, college/university ? Click Here