अष्ट्रेलियाको न्यू साउथ वेल्समा थपिए ७ सय ८८ जना नयाँ संक्रमित

0
42

सिड्नी । अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा थप ७ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सोमबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा न्यू साउथ वेल्समा ९३ हजार ५ सय ७७ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये समुदाय स्तरमा ७ सय ८७ जना र एक जना अन्तर्राष्ट्रिय यात्रीमा संक्रमण पुष्टि भएको हो।

न्यू साउथ वेल्समा हाल १ हजार १ सय ५५ जना संक्रमित अस्पताल भर्ना भएका छन्। जसमध्ये २ सय १४ जना आइसीयुमा छन्।

त्यसैगरी न्यू साउथ वेल्समा कोरोना संक्रमण कारण ज्यान गुमाउनेको हालसम्मको कुल संख्या ३ सय ६५ पुगेको छ।