अष्ट्रेलियाको भिक्टोरियामा थप ७ सय ५ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

0
47

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा थप ७ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सोमबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा ५१ हजार २ सय ५२ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये समुदाय स्तरमा ७ सय ५ जनामा संक्रमण पुष्टि भएको हो। योसंगै भिक्टोरियामा सक्रिय संक्रमितको संख्या आज ८ हजार ५ सय ३८ पुगेको छ।

त्यसैगरी भिक्टोरियामा पछिल्लो २४ घण्टामा थप एक जना संक्रमितको मृत्यु भएको छ।