अष्ट्रेलियाको तास्मानियामा भोली लाइभ म्युजिकको साथमा ‘प्री-दशैं सेलिब्रेसन’

0
79

होबार्ट। नेपालीहरुको महान चाड दशैं नजिकिएसंगै अष्ट्रेलियाको नेपाली समुदायमा पनि विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । यसैबीच केटिएम इभेन्ट्सले प्री-दशैं सेलिब्रेसन कार्यक्रम आयोजना गर्नेभएको छ । दशैंको रौनक महसुस होस् साथै कोभिडले निम्त्याएको निराशा भगाउन मद्दत पुगोस भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक बताउँछन्।

कार्यक्रम भोली, शनिबार अर्थात सेप्टेम्बर २५ मा हुनेछ। लाइभ म्युजिक हुने उक्त कार्यक्रममा गायक अनिल खड्का र डिजे बीइइ रकको विशेष प्रस्तुति रहनेछ। कार्यक्रम बेलुका ५ बजेदेखि शुरु हुनेछ।

तास्मानिया स्थित DURBAR SALAMANCA मा कार्यक्रम संचालन हुनेछ। सहभागिताका लागि १० डलर शुल्क तोकिएको छ।