अष्ट्रेलियाको न्यू साउथ वेल्समा थप ११ जना संक्रमितको मृत्यु

0
52

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा थप १ हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा न्यू साउथ वेल्समा १ लाख ३१ हजार ६ सय ६८ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये समुदाय स्तरमा १ हजार ४३ जना र १ जना अन्तर्राष्ट्रिय यात्रीमा संक्रमण पुष्टि भएको हो।

न्यू साउथ वेल्समा हाल १ हजार १ सय ८६ जना संक्रमित अस्पतालमा उपचाररत छन्, जसमध्ये २ सय ३२ जना संक्रमित आइसीयुमा छन्।

त्यसैगरी पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएको छ। योसंगै न्यू साउथ वेल्समा कोरोना संक्रमणका कारण मृत्यु हुने संक्रमितको संख्या ३ सय ३३ पुगेको छ।