अष्ट्रेलियाको रेनेगेड्स च्याम्पियन्स लिगमा यो वर्ष पनि सहभागी हुँदै नेपाली टिम

0
198

मेलबर्न। अष्ट्रेलियामा संचालन हुँदै आएको रेनेगेड्स च्याम्पियन्स लिगमा यो वर्ष पनि नेपाली टिम सहभागी हुने भएको छ। नेपाली टिमले यसअघिका तीन सिजनमा भाग लिइसकेको छ। र, नेपाल दुई पटकसम्म यो लिगको सेमीफाइनलसम्म पुग्न सफल भएको छ।

रेनेगेड्स च्याम्पियन्स लिग टी-२० को ढाँचामा हुने गर्दछ। यो लिगमा भारत,पाकिस्तान,श्रीलंका,अफगानिस्तान,बंगलादेश र नेपाल लगायत देशका टिमहरु सहभागी हुने गर्छन्। प्रत्येक देशबाट १५ जना खेलाडीहरु छनोट गरिन्छ। लिगमा भिक्टोरियामा बसोवास गरिरहेका १६ वर्षभन्दा माथिका खेलाडीले सहभागीता हुन सक्नेछन्।

सहभागिताका लागि आवेदन फारम मार्फत आफ्नो नाम दर्ता गर्न सकिन्छ। एक जनाले एउटा मात्र आवेदन दिन सकिन्छ। एउटा टिमका लागि पहिलो १ सय ५० आवेदन मात्र मान्य हुनेछन्। ट्रायल आगामी अक्टोबरको मध्यबाट शुरु गर्ने योजना रहेको बताइएको छ।

टिम नेपालका लागि टिम व्यवस्थापकको रुपमा तारा गैरे रहनुभएको छ। लिग बारे जानकारी गराउँदै उहाँ भन्नुहुन्छ, ” नेपाली क्लबमा खेलिरहेका र अगाडी बढ्न चाहने खेलाडी लगायत १६ वर्ष माथिका क्रिकेटप्रेमीहरुका लागि यो धेरै राम्रो अवसर हो। साथै नेपाली समुदायका लागि पनि यो एउटा ईटा हो। यस्तो अवसरलाई खेर जानदिनु हुँदैन। “

यो लिगको मुख्य उद्देश्य यस क्षेत्रमा रहेका बहुसांस्कृतिक समुदायमा सद्भाव बढाउँदै उनीहरुका लागि अवसर सिर्जना गर्नु हो। यो लिगलाई दक्षिण एसियाली क्रिकेटरहरुको संख्या बढाउने अवसरको रुपमा समेत लिइएको छ। यसका साथै भिक्टोरियामा बस्ने प्रतिभाशाली दक्षिण एसियाली खेलाडीहरु र म्याच अफिसियल बीच खेल खेलाउने समेत लक्ष्य रहेको छ।

लिगबारे विस्तृत जानकारी तथा नाम दर्ताका लागि क्लिक गर्नुहोस् >> https://cricketvictoria.wufoo.com/forms/z121lj0t11hbkys/