अष्ट्रेलियाको तास्मानियामा स्वादिष्ट म:मको उत्कृष्ट सूचीमा ‘देव डम्प्लिंग डेन’

0
154

होबार्ट। म:मले अष्ट्रेलियाको बजारमा पनि आफ्नो चर्चा कमाउँदैछ। अष्ट्रेलियाका अन्य शहरमा जस्तै तास्मानियामा पनि म:म चर्चित बनेको छ। जसले गर्दा स्थानिय चर्चित अखबार मर्करीले तास्मानियामा स्वादिष्ट म:म बारे सर्वेक्षण गरेको छ। म:म व्यवसायीहरुको सर्वेक्षण मध्ये स्वादिष्ट म:म को उत्कृष्ट सूचीमा नेपाली व्यवसायीद्वारा संचालित “देव डम्प्लिंग डेन” पर्न सफल भएको छ।

‘देव डम्प्लिंग डेन’ वासुदेव सापकोटा र सुप्रिया श्रेष्ठद्वारा डेभनपोर्टमा स्ट्रिट फुडको रुपमा संचालन गर्दै आउनुभएको छ। देव डम्प्लिंग डेन १४ प्रतिशतले भोट प्राप्त गरि उत्कृष्ट ५ मध्ये तेस्रो स्थानमा पर्न सफल भएको हो।

डम्प्लिंग डेन तास्मानियाकै नेपाली समुदायको पहिलो स्ट्रिट म:म फुड रहेको छ। सन् २०१८मा डेभनपोर्टमा देव दम्पतिले शुरुवात गरेको स्ट्रिट म:म प्रत्येक शुक्रबार साँझ ४ घण्टा संचालन हुने गर्दछ। देव डम्प्लिंग डेन सर्वेक्षणको नोमिनेसनमा परेपछि अष्ट्रेलियनहरुले नै भोट गरेको संचालकद्वय बताउनुहुन्छ।

तास्मानिया भरका म:म व्यावसायीहरुलाई नोमिनेसनका लागि स्थानीय मर्करी पत्रिकाले आह्वान गरेको थियो। यसै बीच तास्मानियाका २२ म:म व्यवसायीहरुले भोटिंगको लागि मनोनयन दर्ता गराएका थिए। त्यस मध्ये नेपाली समुदायको तर्फबाट डाँफे र देव डम्प्लिंग डेन मात्र भोटिंगका लागि मनोनयमा परेका थिए। स्वादिष्ट म:म छनोटको लागि सेप्टेम्बर १७ देखि २० सम्म उक्त पत्रिकाले भोटिंग संचालन खुल्ला गरेको थियो।