अष्ट्रेलियाका नेपाली इभेन्ट आयोजकलाई सुझाव: इभेन्ट सिर्जनात्मक पनि भइदिउन्

0
110

अष्ट्रेलियामा रहेका नेपाली युवाहरुको अनुभव तथा विचार साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले टक सेसन गर्दै आएको छ। यसै क्रममा मेट्स इन्टरनेशनल मेलबर्नसंगको सहकार्यमा ‘इभेन्ट टक’ शुरु गरिएको छ ।

यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको सिड्नीमा बसोवास गरिरहनुभएका अनिश बास्तोलासंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो? अष्ट्रेलिया आउनुभएको कति भयो?
पोखरा, लेखनाथ नगरपालिकामा हो। म अष्ट्रेलिया आएको त ५ वर्ष भइसक्यो।

हाल अष्ट्रेलियामा के गर्दै हुनुहुन्छ?
पढाई सकेर काम गर्दै छु।

काम बाहेक के-के कुरामा रुची राख्नुहुन्छ?
फिलिम हेर्न, स्क्रिप्टहरु लेख्न मन पर्छ।

नेपालीहरुले आयोजना गरेको इभेन्टमा कत्तिको जानुहुन्छ? कस्ता इभेन्टहरुमा जान मन पराउनुहुन्छ?
पहिल्यै थाहा पाएर समय मिलेसम्म जान्छु। एकदमै रमाइलो खालको जस्तै: कन्सट, होलि, दशैँको कार्यक्रममा जान्छु।

मेट्स इन्टरनेशनलले आफ्नो मनपर्ने गायक गायिकासंग साक्षात्कार गर्ने अवसर दिलाएमा कसको प्रस्तुति हेर्न, सुन्न र उहाँलाई भेट्न चाहनुहुन्छ?
मलाई धेरै मन पर्ने भनेको प्रमोद खरेल र अस्मिता अधिकारी हुनुहुन्छ। त्यसैले पनि मलाई कुनै समयमा त्यस्तो अवसर मिल्यो भने म उहाँहरुलाई भेट्न र उहाँहरुको नै गित सुन्न चाहन्छु।

तपाईंलाई मन पर्ने नेपाली कलाकार को हुनुहुन्छ?
सौगात मल्ल, दयाहाङ् राई उहाँहरुको प्रस्तुति धेरै राम्रो हुन्छ। हल्का कमेडी पनि गर्नु हुन्छ, त्यसैले पनि धेरै मन पर्छ।

नेपालीहरुले आयोजना गर्ने इभेन्टहरु कत्तिको राम्रो, रमाइलो र व्यवस्थित हुन्छन्?
आफ्नो देश नेपालमा जस्तो त लाग्दैन तर कम पनि हुदैन, ठिकै हुन्छ। राम्रो अनि रमाइलो। धेरै खर्च गरेर होला व्यवस्थित पनि हुन्छ।

नेपाली समुदायमा कस्ता इभेन्टहरु भइदिए हुन्थ्यो भन्ने लाग्छ?
हामी सबैको लागि फाइदा हुने खालको, सिर्जनात्मक। त्यहाँको इभेन्टले हाम्रो दिमागमा नयाँ कुराको विकास होस् त्यस्तो खालको भइदिए हुन्थ्यो भन्ने लाग्छ।

नेपाली इभेन्ट कम्पनी तथा आयोजकहरुलाई केही सुझाव दिन चाहनुहुन्छ?
अहिले सम्म गर्नुभएको राम्रो छ। अझै राम्रो गर्दै जानु। हामी सबैलाई मनोरञ्जन हुने खालको ल्याउनु भन्न चाहन्छु।