‘अष्ट्रेलियामा हुने इभेन्टले गर्दा नेपालमा भन्दा धेरै रमाइलो भएजस्तो लाग्छ’

0
357

अष्ट्रेलियामा रहेका नेपाली युवाहरुको अनुभव तथा विचार साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले टक सेसन गर्दै आएको छ। यसै क्रममा मेट्स इन्टरनेशनल मेलबर्नसंगको सहकार्यमा ‘इभेन्ट टक’ शुरु गरिएको छ ।

यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको सिड्नीमा बसोवास गरिरहनुभएका प्रतिभा ढुंगानासंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो? अष्ट्रेलिया आउनुभएको कति भयो?
काठमाडौं, बबलमहल हो। म अष्ट्रेलिया आएको ६ वर्ष भइसक्यो।

हाल अष्ट्रेलियामा के गर्दै हुनुहुन्छ?
पढाई सकेर काम गर्दै छु अहिले।

काम बाहेक के-के कुरामा रुची राख्नुहुन्छ?
मलाई ड्राइभिङ गर्न धेरै मन पर्छ।

नेपालीहरुले आयोजना गरेको इभेन्टमा कत्तिको जानुहुन्छ? कस्ता इभेन्टहरुमा जान मन पराउनुहुन्छ?
धेरै नै जान्छु म। म विशेष गरेर रिसेप्सन, पाटी, पास्नी हरु जस्ता इभेन्टमा जान्छु र मलाई यस्तै इभेन्टहरु मन पनि पर्छ।

मेट्स इन्टरनेशनलले आफ्नो मनपर्ने गायक गायिकासंग साक्षात्कार गर्ने अवसर दिलाएमा कसको प्रस्तुति हेर्न, सुन्न र उहाँलाई भेट्न चाहनुहुन्छ?
मलाई गायकमा सुगम पोखरेल मन पर्छ। उहाँको गीत धेरै सुन्ने पनि गर्छु र गायिकामा इन्दिरा जोशी मन पर्छ। मलाई यदी त्यस्तो भेट्ने अवसर मिल्छ भने म उहांहरुलाई भेट्न र उहांहरुकै प्रस्तुति हेर्न, सुन्न चाहन्छु।

तपाईंलाई मन पर्ने नेपाली कलाकार को हुनुहुन्छ?
पल शाह, आकाश श्रष्ठ, वर्षा राउत मन पर्छ धेरै राम्रो प्रस्तुति पनि दिने गर्नुभएको छ । उहांहरुको कलाकारिता राम्रो लाग्छ।

नेपालीहरुले आयोजना गर्ने इभेन्टहरु कत्तिको राम्रो, रमाइलो र व्यवस्थित हुन्छन्?
राम्रो हुन्छ एकदमै व्यवस्थित पनि हुन्छ। नेपालमा हुंदा इभेन्टहरुमा त्यति धेरै जाने गर्थेनौ त्यसैले खासै रमाइलो जस्तो पनि भएन। अहिले मलाई नेपालमा भन्दा धेरै रमाइलो भए जस्तो लाग्छ।

नेपाली समुदायमा कस्ता इभेन्टहरु भइदिए हुन्थ्यो भन्ने लाग्छ?
सबैलाई समेटेर सबैलाई हुने राम्रो खालको। मलाई त पप र आधुनिक गीतहरु कन्सट मनपर्छ त्यस्तै भइदिए हुन्थ्यो।

नेपाली इभेन्ट कम्पनी तथा आयोजकहरुलाई केही सुझाव दिन चाहनुहुन्छ?
राम्रो राम्रो प्रस्तुति दिने कलाकारहरु लिएर आउनु। हजुरहरुले ल्याउनुभएको कलाकारको प्रस्तुति हेरेर सबैले धेरै मनोरंजन लिन सकोस् भन्ने सोचले ल्याउनु भन्न चाहन्छु।