अष्ट्रेलियाको न्यू साउथ वेल्समा थपिए १ हजार ८५ जना नयाँ संक्रमित, २३४ जना आइसीयुमा

0
61

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा कोरोना भाइरसका १ हजार ८५ जना नयाँ संक्रमित थपिएका छन्। आइतबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा न्यू साउथ वेल्समा ९९ हजार ७ सय ८२ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये समुदाय स्तरमा १ हजार ८३ जना र दुई जना अन्तर्राष्ट्रिय यात्रीमा संक्रमण पुष्टि भएको हो।

न्यू साउथ वेल्समा हाल १ हजार २ सय ३८ जना संक्रमित अस्पतालमा उपचाररत छन्, जसमध्ये २ सय ३४ जना आइसीयुमा छन्।

त्यसैगरी न्यू साउथ वेल्समा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ सय ९७ पुगेको छ।