अष्ट्रेलियाको भिक्टोरियामा थपिए ५ सय ७ जना नयाँ संक्रमित, थप एकको मृत्यु

0
38

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका ५ सय ७ जना नयाँ संक्रमित थपिएका छन्।

आइतबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा ५८ हजार ६ सय १९ जनामा कोरोना परिक्षण गरिएको थियो। ती मध्ये समुदाय स्तरमा ५ सय ७ जनामा संक्रमण पुष्टि भएको हो। योसंगै भिक्टोरियामा आज सक्रिय संक्रमितको संख्या ५ हजार २ सय ६२ पुगेको छ।