एनआरएनए अष्ट्रेलियाको राष्ट्रिय सम्मेलन तथा अवार्ड समारोह स्थगित

0
93

मेलबर्न। गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको राष्ट्रिय सम्मेलन तथा अवार्ड सम्मेलन स्थगित भएको छ। शनिबार, १८ सेप्टेम्बरका लागि हुने भएको वार्षिक साधारणसभा, राष्ट्रिय सम्मेलन तथा अवार्ड समारोह हालका लागि स्थगित भएको हो।

स्थगित कार्यक्रम आगामी अक्टोबर २, २०२१ का लागि पुन:निर्धारित गरिएको एनआरएनए अष्ट्रेलियाले जनाएको छ।

एनआरएनए आईसीसी अन्तर्गत विदेश मामिला मन्त्रालय, नेपाल सरकारबाट एनआरएनएको कुनै पनी चुनाव र साधारण तथा सम्बन्धी गतिविधिहरुलाई तत्काल रोक्नका लागि निर्देशन दिंदै सुचना प्रकाशन भएको थियो। एनआरएनए अष्ट्रेलियाले उक्त सुचना अनुसार प्राप्त एनआरएनए आईसीसीको अनुरोध अनुरुप कार्यक्रम स्थगित गरिएको बताएको छ।