अष्ट्रेलियाको न्यू साउथ वेल्समा थप १ हजार २ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

0
64

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा थप १ हजार २ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार बिहानको अपडेट अनुसार, न्यू साउथ वेल्समा पछिल्लो २४ घण्टामा १ लाख ५५ हजार ३ सय ३४ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये समुदाय स्तरमा १ हजार २ सय ८४ जना र दुई जना अन्तर्राष्ट्रिय यात्रीमा संक्रमण पुष्टि भएको हो।

न्यू साउथ वेल्समा हाल १ हजार २ सय ४५ जना संक्रमितको अस्पतालमा उपचार भइरहेको छ, जसमध्ये २ सय २८ जना आइसीयुमा छन्। त्यसैगरी पछिल्लो २४ घण्टामा १२ जना संक्रमितले ज्यान गुमाएका छन्।